Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ ।

तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनुपर्ने जरुरी हुन्छ, जसले वैवाहिक जीवन हानी पुर्याउँछन् । यो आलेखमा महिलाका यस्तै अंगबारे उल्लेख गरिएको छ ।

जुँगाको रेखी

जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन् । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन् । कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ ।

दुईवटा सिउँदो

जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

पैतला

जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ ।

छोटो औंला

बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी अरुको दासी मानिन्छ । त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातकका स्त्रीहरु गरिव परिवारबाट हुन्छन् । बुढी औला ठुलो र चोर औंला भएका स्त्रीलाई सुख मिल्दैन । चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

तपाईको प्रतिक्रिया