Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – एनसेलले नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलले डेटा सेवा न्युनतम ६ पैसामा, विभिन्न समयावधिका डेटा प्याकहरु बढी डेटा भोलुमका साथ, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याकसहितका सुविधा ल्याएको हो ।

नयाँ डेटा प्याकहरु हिजो बिहीबारदेखि लागु भएको छ । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत य अघि ल्याइएको अफर समाप्त भएलगत्तै ल्याइएको योजना अन्तर्गत एनसेलका ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, एकसय रुपैयाँमा तीन सय एमबि, १ सय ५० रुपैयाँमा ६ सय एमबि र २ सय ५० रुपैयाँमा १२ सय एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक अन्तर्गत ग्राहकले मात्र २ सय ५० रुपैयाँमा २४ सय एमबि डेटा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत २ सय ५० मा ४८ सय एमबि डेटा लिन सक्ने एनसेलले जनाएको छ ।

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३ सय एमबि, ६ सय एमबि र १२ सय एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ साथै २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।

एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सकिन्छ। यो अफर ९० दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया