Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – शेयरबजार परिसुचक नेप्से मंगलबार झण्डै ४० अंकले घटेको छ । नयाँ वर्ष लागेपछि कारोबार भएको दोश्रो दिन मंगलबार नेप्से ३९ दशमलव ५७ अंकले घटेर १६ सय १२ विन्दुमा आइपुगेको हो ।

मंगलबार उत्पादन बाहेकका सबै समूह घटेको दिन सबैभन्दा धेरै बीमा समूह १ सय ८४ भन्दा बढी, जलविद्युत ७१ भन्दा बढी, होटल ४६ भन्दा बढी, बैकिङ समूह ४४ र विकास बैक समूह झण्डै ३९ अंकले ओरालो लागेको हो ।

मंगलबार उत्पादन समूह भने झण्डै ९ अंकले बढेको छ । समग्र नेप्से घटेपनि मंगलबार डेढ अर्ब भन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी एभरेष्ट बैकको शेयर ७ करोड २७ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया