सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टर्किस एयरलाइन्सको एक उडानको क्याबिन क्रूले त्यसबेला एक नयाँ यात्रीलाई विमानमा स्वागत गरे, जब उनीहरु ४२ हजार फिटको उचाईमा उडिरहेका थिए । विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तानबुलका लागि उडेको थियो ।

विमानका यात्रुहरुमा एक गर्भवती महिला पनि थिइन् । विमान उड्ने क्रममा नै महिललाई प्रसव पीडा सुरु भएको थियो र क्याबिन क्रू र केही यात्रु उनको मद्दतमा जुटे । महिलाले विमानमा नै बच्चालाई जन्म दिएकी छन् ।

बोइङ ७३७ विमान जब बुर्किना फासोको राजधानी वागाडुग पुग्यो, आमा र बच्चा दुबैलाई अस्पताल लगियो र, आमा र बच्चा दुबै स्वस्थ्य छन् ।

बच्चाको नाम काडिजू राखिएको छ ।टर्किस एयरलाइन्सले भनेको छ, ‘क्याबिन क्रूले देख्यो कि नाफी डीबी नाम गरेकी एक महिला यात्री, २८ हप्ता बढीकी गर्भवती छन् । उनलाई प्रसव पीडा सुरु भयो । यो देखेर उनलाई उनीहरु तत्काल सहयोग गरे ।’

अधिकांश एयरलाइन्सले ३६ हप्ताको गर्भ अघिसम्म गर्भवति महिलालाई यात्रा अनुमति दिन्छन् । यसका लागि २८ हप्ताभन्दा बढीका गर्भवती भएको डाक्टरको पत्र चाहिन्छ, जसमा बच्चाको जन्मको सम्भावित मिति हुन्छ ।

तपाईको प्रतिक्रिया