मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो ।

अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र १ हजार रुपैयाँको रिचार्ज कार्डमा १ हजार एमबी डेटा उपभोग गर्न पाइनेछ ।

त्यस्तै एसएमएस प्याक अन्तर्गत एक सय वटा एसएमएस १० रुपैयाँमा ३ दिनसम्म उपभोग गर्न पाइने छ । डेटा बोनस र युट्युब डेटा प्याकको अवधि फागुन २९ गतेदेखि चैत ३ गतेसम्म रहने र एसएमएस प्याकको अवधि फागुन २९ गतेदेखि चैत एक गतेसम्म रहने टेलिकमले जनाएको छ । अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात स्वतः प्राप्त हुनेछ ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत एक जिबी यूट्युब् डेटा प्याक एक सय रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ । यस्तै एसएमएस सेवा लिनका लागि SMS100 टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया