काठमाडौं– सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गय राती भएको खेलमा आर्सनलले सटनलाई २ शुन्यले हरायो ।
खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे । जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
प्रिमियर क्लव बर्न्लेलाई पाखा लगाँउदै लिंकन सिटी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।