काठमाडौं – कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा प्रति एमालेको धारणा
कांग्रेस : एमालेसँग पराजित हुने त्रासले कांग्रेस सकेसम्म पर सार्ने, टार्ने र आफ्नो अनुकूलतामा मात्रै गराउने मनसायमा छ ।
माओवादी केन्द्र : जनाधार समाप्त भएर ओरालो लाग्दै विशृंखलताको दिशामा उन्मुख माओवादी केन्द्र निर्वाचनको पक्षमा छैन ।
मोर्चा : मोर्चामा आबद्ध दलहरू निर्वाचन हुन नदिएर संविधान नै असफल पार्ने उद्देश्यमा सक्रिय छन् । कतिपय बाह्य शक्तिले पनि यस्ता प्रवृत्तिहरूलाई बढावा दिइरहेका छन् ।
सल्बलाएका ३ शक्ति
पश्चगामी : दलहरूबीचको असमझदारी, संविधान कार्यान्वयनमा देखिएको अन्योल एवं राजनीतिक अस्थिरताका कारण जनविरोधी प्रवृत्ति र शक्ति उत्साहित हुन थालेका छन् । गणतन्त्रलाई स्विकार्न नसक्ने पश्चगामी शक्तिहरू ७ माघ ०७४ पछि आफ्ना निम्ति अनुकूलता थपिने आँकलनका साथ सल्बलाएका हुन् ।
लम्पसारवादी : सरकारको ‘लम्पसारवादी’ सोचका कारण उत्साहित बाह्य शक्तिहरूले नेपालको आन्तरिक मामलामा चासो र हस्तक्षेप बढाउन थालेका छन् ।
विखण्डनकारी : अन्योलको बीचमा तराई–मधेसका केही ठाउँहरूमा विखण्डनकारी तत्वहरूले खुलेआम गतिविधि गर्दै मुलुकको राष्ट्रिय एकता र अखण्डतामाथि औँला ठड्याउने धृष्टता गरेका छन् ।