Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइने भएको छ । एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गरेका हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।

महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए । तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे ।

थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए । र, बुधबार साँझ भएको शीर्ष नेताहरुको बैठकमा कमल थापालाई अध्यक्ष बनाउने सहमति जुटेको छ ।

सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् । यससँगै अब राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया