आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कँुबरले जानकारी दिनुभयोे ।

विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ उहाँले भन्नुभयो “बादल लागेको दिन त फोनै लाग्दैन,” हाट एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि हैरान बनाएको समेत कुवाकोटका रामप्रसाद पन्तले बताउनुभयो । टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको कुवाकोट–२ सल्लेली गाँउका मानबहादुर साउदले बताउनुभयो ।

“टावरमा खराबी आएपछि कुवाकोट, हाट, मल्लादेही, न्वादेउ, भटना, महादेवस्थान, भूमिराजलगायतका एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ”।

तपाईको प्रतिक्रिया