Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – बाजुराको बडिमालिका नगरपालिकामा पहिलो पटक ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको थियो । बडिमालिका–६ मना र रिलाका दुई सय चार घरधुरीका परिवार यसबाट लाभान्वित भएको बताइएको छ ।

उपभोक्ता समितिको करिब रु सात लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको रु १८ लाख ६५ हजारबाट रोपवे बनाइएको उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर शाहीले जानकारी दिनुभयो । रोपवेको उचाइ नौ सय आठ मिटर छ ।

तपाईको प्रतिक्रिया