Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

लहान – सरकारले गएको वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५ सय पशुको बिमा गरिएको छ ।

बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिल्लाका १ सय ११ पशुपालक किसानले आफ्ना पशु तथा चारजना पोल्ट्री फार्म सञ्चालकले कुखुराको बिमा गराएका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिनुभयो ।

पशुतर्फ १ सय ९९ गाई, ४० वटा भैँसी, २ सय ४ बाख्रा र १२ वटा बङ्गुरको बिमा गरिएको छ । बाली र पशुपक्षीको बिमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने तथा २५ प्रतिशत किसान स्वयम्ले तिर्नुपर्ने व्यवस्था रहेको छ ।

पशुतर्फ एक करोड ४६ लाख ५८ हजार रुपिैयाँ, पक्षीतर्फ (कुखुरा फार्म) ४६ लाख २५ हजार रुपैयाँको बिमा भएको लहानस्थित लुम्बिनी जेनरल इन्स्योरेन्सका शाखा इन्चार्ज अनिलकुमार यादवले बताउनुभयो ।

अहिलेसम्ममा प्रिमियमस्वरुप पशुतर्फ सात लाख ३२ हजार रुपैयाँ र कुखुरा फार्मतर्फ ६९ हजार रुपैयाँ सङ्कलन भएको छ । केही समय अगाडी इटाटार गाविसमा माछा पोखरीको समेत बिमा गरिएको छ ।

तपाईको प्रतिक्रिया