Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धविरुद्ध एप्पल, फेसबुक, गूगलसहितका अमेरिकाकै सबैभन्दा ठूला ९७ प्रविधि कम्पनीले सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् । ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् ।
सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना कम्पनीहरुलाई प्रतिभा खोज्न गाह्रो पर्ने तर्क गरेका छन् । यद्यपि, एक अदालतले ट्रम्पको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिइसकेको छ । यता, अमेरिकी कानून विभागले भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश निलम्बित गर्ने अदालती आदेशविरुद्ध चुनौति दिएको छ ।

प्रतिबन्धले राष्ट्रपतिको शक्तिको सीमालाई खुम्च्याउन खोजेको भन्दै कानून विभागले संघीय अदालतको रोक लगाउने निर्णय गलत भएको जिकीर गरेको हो ।

यसबारे पनि सानफ्रान्सिस्को अदालतमै मंगलवार सुनुवाई हुँदैछ । राष्ट्रपति ट्रम्पले २५ जनवरीमा सात मुस्लिम बहुल मुलुक सीरिया, ईरान, लीबिया, इराक, सोमालिया, सूडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया