Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो ।

लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए । आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताउनुभयो  ।

मध्यमाञ्चलबाट धेरै दरखास्त
लोकसेवा आयोगले अनलाइनमार्फत दरखास्त लिँदै आएको छ । आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् । मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ६९ पदका लागि ११ हजार चार सय सातजना, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ५७ पदका लागि आठ हजार ६ सय ५० जना र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ४३ पदका लागि ६ हजार सात सय ३८ जनाले दरखास्त पेस गरेका छन् ।

आयोगले हालै थप गरेका तीन परीक्षा केन्द्रमध्ये लहानमा चार हजार चार सय ६३ जनाले दरखास्त दिएका छन् । वीरगन्ज केन्द्रमा दुई हजार नौ सय ३१ र डोल्पा केन्द्रमा ७३ जनाको दरखास्त परेको छ ।

लोकसेवा आयोगले पाँचवटै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र केन्द्रबाट परीक्षा सञ्चालन गर्ने गरेको छ । खुला तथा आन्तरिक परीक्षा प्रथम चरणको फागुनमा र दोस्रो चरणको वैशाखमा हुने आयोगले जनाएको छ ।

९ सय ८० शाखा अधिकृतमा ५३ हजारको दरखास्त परेको थियो
लोकसेवा आयोगले यसअघि मागेको शाखा अधिकृतको प्राविधिक र अप्राविधिक गरी नौ सय ८० पदमा ५३ हजार चार सय १६ जनाको दरखास्त परेको थियो । आयोगले कात्तिक पहिलो साता शाखा अधिकृतको प्राविधिकतर्फ चार सय ७२ पदमा विज्ञापन गरेको थियो ।

सो विज्ञापनमा ३१ हजार ५ सय १७ जनाले दरखास्त पेस गरेका थिए । मंसिरको पहिलो बुधबार शाखा अधिकृतको अप्राविधिकतर्फ ५ सय ८ पदमा दरखास्त आह्वान गरिएको थियो । सो आह्वानअनुसार २१ हजार आठ सय ९९ जनाले दरखास्त पेस गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया