Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ । मन्त्रालयसँग काम नहुदा मन्त्रीसमेत आजित भएका छन् । गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन् ।

गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अर्थ, स्थानिय विकासलगायत मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आएपनि मन्त्रालयले कुनै कार्यक्रम पाएको छैन । सरकारकै योजनाअनुसार मन्त्रालयले मुलुकका २५ जिल्लामा गरिबीको रेखामुनि रहेका जनताको पहिचान गरेको थियो । तर मन्त्रालयले कार्यक्रम त के गरिब परिचयपत्र वितरणसम्म गरेको छैन ।

२५ जिल्लामा ३ लाख ९७ हजार गरिब भेटिएपनि उनीहरुका लागि कार्यक्रम दिन नसकेको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले स्विकारे ।

तपाईको प्रतिक्रिया