Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – सरकारले विद्यालयमा आयोजना हुने बार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुुत गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनःनिर्देशन दिएको हो । विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय निर्देशनालयलाई पत्राचार गरी विभागको निर्देशनअनुसार अनुगमन गर्न समेत निर्देशन गरेको छ ।

विभागले गरेको परिपत्रमा नेपाली लोक संस्कृति र राष्ट्रियता झल्कने गीत, संगीत र नृत्यहरु समावेश गराउन निर्देशन दिएको हो । अन्य भाषाको गीतले विद्यालय क्षेत्रमा सांस्कृतिक विकृति बढ्न थालेपछि सरकारले त्यस्ता कार्यक्रम सञ्चालन नगर्न पूर्ण रुपमा रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया