Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपाली पत्रकारिता क्षेत्रको अनुगमनका लागि प्रेस काउन्सिल नेपालले उच्च प्रविधियुक्त मेसिन प्रयोगमा ल्याई २४ घण्टे अनुगमन सुरु गरेपछि अहिले आचारसंहिता उल्लङ्घनका घटना कम भएका छन् ।

यसअघि टेलिभिजनहरूले गरेका उल्लङ्घनका घटना धेरै हुने गरे पनि अनुगमनपछिको पछिल्लो पाँच महिनायता गम्भीर प्रकृतिको उल्लङ्घन शून्यमा झरेको छ । छापा माध्यममा भने यस अवधिमा गम्भीर असावधानीका घटना भएका छन् । नेपाल समाचारपत्र दैनिकको पुस १५ गतेको अङ्कमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षक दिएर कमलमणिको निधनमा मदनमणि दीक्षितको तस्बिर राखेर समाचार प्रकाशित भयो ।

मदनमणि दीक्षित जिउँदै रहेको मान्छेलाई तस्बिरसहितको श्रद्धाञ्जलि दिइनु आचारसंहिताको गम्भीर उल्लङ्घन भएको ठहर काउन्सिलको छ । काउन्सिलले सो पत्रिकालाई पत्राचार गरिसकेको छ । पुस १९ गते हेटौँडाको ‘क’ वर्गको ‘साझा कुरा’ दैनिक पत्रिकाले पनि कमलमणि दीक्षितको निधनमा कनकमणि दीक्षितको तस्बिर राखेर भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुर संस्थाको नाममा समवेदना प्रकाशित गर्यो ।

जिउँदो मान्छेको समवेदना प्रकाशित गरेर सो सञ्चारमाध्यमले गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घन गरेको ठहर काउन्सिलको छ । सो संस्थालाई काउन्सिलले तत्काल पत्राचार गरिसकेको छ ।

प्रेस काउन्सिल नेपालले २०७३ साल वैशाखदेखि मङ्सिरसम्म अनलाइन न्युज पोर्टल र छापामाध्यमले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरे पनि टेलिभिजन प्रसारणमा भने आचारसंहिता उल्लङ्घन शून्य देखिएको काउन्सिलको प्रतिवेदनले देखाउँछ ।

प्रतिवेदन अनुसार पछिल्लो पाँच महिनामा गम्भीर प्रकृतिका घटनामा टेलिभिजनतर्फ शून्य, अनलाइन न्युज पोर्टलतर्फ गम्भीर प्रकृतिका १६ घटना, ध्यानाकर्षण गराउने खालका १८, नोटिसमा राख्नुपर्ने ७२ घटना भएका छन् ।

काउन्सिलका सूचना अधिकृत रामशरण बोहराका अनुसार गम्भीर प्रकृतिका घटनामा तत्काल काउन्सिलले पत्राचार गर्छ र फेरि त्यस्तो घटना हुन नदिन आग्रह गर्छ ।

तपाईको प्रतिक्रिया