Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् ।

नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन् । तोकेको भाडाभन्दा आफूखुशी रकम असुल गर्न पल्केका व्यवसायी अहिले बिलिङ मिटर जडानको काम नै प्रभावित पार्न लागेका छन् ।

सरकारले भने पुस १७ गतेबाट २७ सातासम्म आलोपालौ गर्दै साउन ७ गतेभित्र बागमती अञ्चलमा दर्ता भएका १३ हजार भन्दा बढी ट्याक्सीमा बिलिङ मिटर जडान गेर्ने तालिका प्रकाशन गर्दै काम गरिरहेको छ ।

तर व्यवसायीको दादागिरीका कारण नियम नै धरापमा पर्ने अवस्था उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया