Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमन सम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो ।  

गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए। सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् । चीनका १ सय २४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् । त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६–६ नागरिक निष्कासनमा परेका छन् ।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया