Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र स्मार्ट लाइसेन्स वितरण सुरु गरेको एक बर्ष पुग्दा पनि त्यसलाई उपत्यका बाहिर अझै विस्तार गर्न सकेको छैन ।

त्यसमा पनि विभागले बाग्मती अञ्चल यातायात कार्यालय एकान्तकुनाबाट मात्रै स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । २०७२ मंसिरबाट विभागले स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि सेवाग्राहाीले भने पुस पहिलो साताबाट मात्र पाएका थिए ।

उपत्यका बाहिरबाट सवारी चालकले स्मार्ट लाइसेन्स लिन अझै बर्ष दिन कुर्नुपर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । कार्ड अभावका कारण उपतयका बाहिरबाट लाइसेन्स वितरण गर्न नसकिएको उनको भनाइ छ । विभागसँग अब ३० हजार मात्र स्मार्ट कार्ड उपलब्ध रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया