Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

स्याङ्जा – स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ । बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्‍याउने लक्ष्य राखिएको छ । 

जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो । कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ ।

गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ । फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएका छन् ।

तपाईको प्रतिक्रिया