Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् ।

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । प्रचण्ड आठ बर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा केयुकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महशुल तिर्न बाँकी थियो ।

केयुकेएलले बक्यौता चुक्ता गर्न पटक पटक ताकेता गरेपनि प्रचण्डले टेरेका थिएनन् । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था र व्यक्तिले मगाएर उपभोग गरेपनि बर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

तपाईको प्रतिक्रिया