Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

नेपालगन्ज – थरिथरिका भिआइपी, तीनलाई भेट्नेको थामिनसक्नु भीड । नत भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने ।

नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालनुभएका सई प्रेम बहादुर भण्डारीका लागि सबैन्दा ठूलो चुनौती यही हो । उहाँको विचारमा सुरक्षा मामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ ।

मध्य ताथ सुदूरपश्चिमको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलमा सई थापाले भनेझैं सुरक्षा व्यवस्थापन ठूलो चुनौती बनेको छ ।

दैनिक करिब ५ सय यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा यात्रुमाथि सुरक्षा निगरानी गर्न जति सहज छ, दैनिक सरदर दुई तीन जनाको संख्यामा आउने भिआइपीका कारण उत्पन्न सुरक्षा चुनौती चिर्न भने उत्तीकै कठिन छ ।

मन्त्री वा नेता आउनेबित्तिकै अनेक खालका मान्छे ह्वारह्वार्ती भिआइपी कक्षभित्र पस्छन्, रोक्न खोज्यो भने उल्टै पुलिसलाई धकेल्छन् भण्डारीले भने यस्तो अवस्थामा हामीसँग निरीह भएर हेर्नुको विकल्प हुदैन ।

कहिलेकहि त कार्यकर्ता यती धेरै आउँछन् की भिआइपीलाई बस्ने सोफासमेत हुँदैन । बसेका मान्छेलाइ उठ भनन नसक्दा अर्को कुर्सी ल्याएर राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया