Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सुस्तता आउनुमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई जिम्मेवार ठर्हयाएका छन् ।

प्राधिकरण प्रमुख ज्ञवालीले बुधबार मन्त्रिपरिषद कार्यालयमा पेस गर्न तयारी गरेको ‘श्वेत पत्र’ शैलीको स्पष्टीकरणमा उक्त आरोप लगाएका हुन् । पुनर्निर्माणलाई तिब्रता दिन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एक साताअघि ज्ञवालीसँग पाँच बुँदामा स्पष्टिकरण सोधेको थियो ।

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनावद्ध रुपमा अघि बढाएको र त्यसको परिणाम एकपछि अर्को गर्दै बाहिर आइरहेको उल्लेख गर्दै ज्ञवालीले स्पष्टीकरण सोधिएको पत्र पाउनेबित्तिकै वस्तुस्थितिको यथार्थ चित्रणसहित जवाफ पेस गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया