Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो ।

अहिले कालिकोटको शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी र एकजना विद्यालय निरीक्षक मात्रै नियमित कार्यालय गइरहेका छन् । शिक्षा कार्यालयमा विद्यालय निरीक्षकको सात दरबन्दी छ ।

त्यसैगरी कार्यालयका अधिकृत, प्रशासकीय अधिककृत, लेखा अधिकृत, सहायक लेखापाल कम्युटर अपरेटर, योजना अधिकृतलगायतका दरबन्दी खाली छन् ।

खाली रहेको दरबन्दी शिक्षा विभागद्वारा पलपूर्ति गरिएको भनिए पनि ती कर्मचारहरु हालसम्म शिक्षा कार्यालयमा हाजिर भइसकेका छैनन् ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले कर्मचारी अभावमा नियमित कामबारबाही समेत हुन नसकेको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया