Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहिछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन ।

विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए । बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे, ‘हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाति भयो? के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ?’

तत्कालिन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रस्ताव अनुसार नै अहिलेको सरकारले संशोधन प्रक्रिया अघि बढाएको भन्दै उनले यसमा बिरोध गर्नु कुनै तुक नहुने बताए ।

तपाईको प्रतिक्रिया