Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन । 

राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न लागेको स्रोतले जनाएको छ । थापाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित सरकारमा जान तयार भएका छन । ‘म अहिले धनगढीमा छु । अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने, ‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।

गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ । संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ ।

तपाईको प्रतिक्रिया