Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडसेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ । 

परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको हो । पछिल्लो समय काठमाडौं उपत्याकाको विद्यूत व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवको आधारमा देशभर विद्युत कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

यसका लािग प्राधिकरणले तीव्र रुपमा विद्युत प्रशारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए । पुस ११ गतेको विद्युत खपत तथ्यांकलाई आधार मान्दा वितरण प्रणालीमा हाल देभरको विद्युत माग १२ सय ७३ मेगावाट छ ।

तपाईको प्रतिक्रिया