Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – राहदानीको आवेदन फारम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अबको एक सातामा मोबाइलबाटै राहदानी आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ ।

यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । ‘अहिले हामी एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमका मोबाइलमा चल्ने एमको अन्तिम परीक्षणमा छौं ।

यो एम जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यवसायिक रुपमा सञ्चालनमा रहेको अनलाइन फारम भर्ने स्थानमा गएर लाइन वस्नु पर्दैन’ सूचना अधिकृत सुवेदीले भने । मोबाइल एपको प्रयोगमार्फत आवेदनकर्ताले अनलाइन फाराम भनेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया