Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – संविधान संसोधन प्रस्ताव सम्पूर्ण रुपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जान सक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावीका कारण सभममुख ओनसरी छर्ती घर्तीमगले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

आइतबारको संसद बैठक स्थगन गरेर सभामुख घर्तीमगरले सोमबार बोलाएको प्रमुख दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन, स्थानिय निर्वाचन र महाअभियोग प्रस्तावलाई ‘प्याकेजमै डिल’ गर्ने प्रस्ताव राख्नासाथ एमाले नेता भिम रावलले त्यसको ठाडो प्रतिकार गर्दै भने ‘संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद अवरोध जारी नै रहन्छ ।’ मोर्चाका नेता एवं तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने गणितको मात्र दम्भ गर्दा विश्वराजनीतिमा देशहरु अलग हुन पुगेको इतिहास स्मरण गर्न एमालेलाई आग्रह गरेको जानकारी स्रोतले दियो । 

‘एउटै देशमा एक वर्गको भाषा, भेषभूषा हुन सक्ने, अरुको किन हुँदैन ?’ भन्ने प्रश्न गर्दै ठाकुरले भने ‘९० र १० प्रतिशतको कुरा हो भने १० प्रतिशतले ९० प्रतिशतबाट अलग हुने प्रस्ताव राख्न सक्छ । ९० प्रतिशतको बन्दुक र गोलीगट्ठाविरुद्ध राम्रै प्रतिकार गरेको दिनको जिम्मेवार को हुने ?’ उनले थपे ‘१० प्रतिशत किन चाहियो ? हिम्मत भए सबै नीति निर्णय एक्लै गरे हुन्छ । हामी पनि समय परिस्थितिअनुकूलको प्रतिकारका लागि तयार छौं ।’

संसद् भवन नयां बानेश्वरमा तीन घन्टा बसेको बैठकमा सत्तापक्ष, प्रतिपक्षी एमाले र मधेसी मोर्चाका नेता आरेप प्रत्यारोपमा उत्रिएपछि संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको र्बठक बिनानिष्कर्ष टुंगिएको हो ।

तपाईको प्रतिक्रिया