Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकमा एक वर्षको अवधिमा भएका ठूला ४ दुर्घटनाको कारण यान्त्रिक गडबढी भएको उल्लेख छ ।

स्थलगत छानविन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसिनरी पार्ट ठीक नहुनु भेटिएको निर्देशनालयले जनाएको छ ।सवारीसाधनको अवस्था जाँचेर गुडाएको भए यी सवारीसाधन दुर्घटनामा नपर्ने निर्देशनालयको निश्कर्ष छ ।

सवारी तथा व्यवस्था ऐन २०४९ मा प्रत्येक ६ महिनामा सवारीसाधनको परीक्षण गर्नुपर्ने उल्लेख छ । ऐन आउनअघि नै २०१७ साउनमै सवारीसाधन परीक्षण केन्द्र सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

निर्णय भएको ५१ वर्षपछि मात्र २०६८ सालमा टेकुमा करिब १ करोड रुपैयाँ लगानीमा मापन केन्द्र बन्यो । तर, उक्त केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन ।

यातायात व्यवस्था विभागले भने ‘आँखाले सरसर्ती गाडीका पार्टपुर्जा नियाल्ने’ गरेको छ ।

तपाईको प्रतिक्रिया