Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – मेरी बास्सैबाट चर्चित ३२ वर्षीय हास्य अभिनेता एसपी चापागाईं ‘बान्द्रे’ले बिहे गर्नुभएको छ । काठमाडौं, चण्डोलकी उषा तिमल्सिना र झापाका बान्द्रेबीच प्रेम विवाह भएको हो ।

बिहिबार बान्दे्रले आफन्त र कलाकर्मी सहकर्मीहरुलाई काठमाडौंको एक पार्टी प्यालेसमा पार्टी दिनुभएको थियो । पार्टीमा उहाँले अपांगता भएका बालबालिकाको शिक्षाका लागि काम गर्ने संस्थालाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

बान्द्रे र उषाबीच करिब एक वर्षअघि भेट भएको थियो । बान्द्रेको निर्देशनमा बनेको फिल्म ‘स्कुल’ प्रदर्शनका लागि स्कुल चहार्ने क्रममा गोंगबुस्थित एक स्कुलमा भेट भएको बान्द्रेले बताउनुभयो । जहाँ, उषा पठाउँनुहुन्छ । ‘हाम्रो भेट पहिल्यै भएको रहेछ,’ बान्द्रेले भन्नुभयो, ‘तर, मलाई याद थिएन ।

मेरी बास्सैमा केदार घिमिरे ‘माग्नेबुढा’ को सालोको भूमिका निभाउने बान्द्रेलाई चिनजानकाले पनि सालो नै भन्ने गर्थे ।

तपाईको प्रतिक्रिया