Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन् ।

यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन । कुनै पनि सरकारी ओहदामा रहेका कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भए पनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए ।

अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन । आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङसमेत उनले गराइसकेका छन ।

तपाईको प्रतिक्रिया