Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ । गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोट समेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने जानकारी गराएको जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पस्ट पारेका हुन् । अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए ।

भारतमा ठूला दरका भारु प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ । भारतमा पुस १६ सम्म सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन । सरकार र राष्ट्र बैंक भारतको निर्णय कुरेर बसेका छन् । तर, भारतले भने नेपालमा ठूला दरका नोट साट्न दिने वा नदिने भन्नेमा कुनै संकेत गरेको छैन । नेपालको अधिकांश व्यापार भारतसँग हुने र उपचार लगायतका गतिविधिमा भारुको अधिक प्रयोग हुने भएकाले सीमा नाका र मुलुकका विभिन्न भागमा तोकिएको विनिमय दरभन्दा बढीमा भारु सटही हुने गरेको छ ।

अर्थमन्त्री महरालाई गभर्नर नेपालले देशको ढुकुटी राख्ने ठाउँ भत्केकाले चाँडै बनाउनुपर्नेमा जोड दिएका थिए । तर, सरकारी संरचनाको पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएकाले अर्थ मन्त्रालयले खासै केही गर्न सक्ने स्थिति छैन ।

तपाईको प्रतिक्रिया