Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्यवस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ । 

‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्था गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ । अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन् ।

नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ। नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ । उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन् ।

कहाँ कति थपिए
विराटनगरः १५
नेपालगन्जः ४०
बुटवलः १८०
जनकपुरः १२
पोखराः ४
वीरगन्जः ७८
धनगढीः ५

तपाईको प्रतिक्रिया