Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सर्बोच्च अदालतले १६ बर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टचारी ठहर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हुँदै सर्बोच्च पुगेपछि पनि १० बर्ष अल्झिएर बल्ल अन्तिम किनारा लागेको हो । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुवाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भष्ट्राचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जनाविरुद्ध आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा तत्कालीन नायब महाप्रबन्धक थापासहित बैंकका सत्कालीन सञ्चालक समिति सदस्यहरु र अन्य कर्मचारीले नक्कली उद्योग संचालन गरेको र त्यसमा नक्कली ऋण खडा गरी ऋण लिने दिने कार्य गरेर बैंकलाई ५३ करोड रुपैंयाँ बराबर नोक्सान र्पुयाएको दाबी अख्तियारले गरेको थियो ।

तपाईको प्रतिक्रिया