Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संगीतकार तथा गितकार रामु खड्का विन्दवासिनी म्युजिक अर्वाडबाट सम्मानित हुनुभएको छ । आज भन्दा भोली माया बोलको गितबाट सर्वउत्कृष्ठ म्युजिक अवार्ड जित्नुभएको हो ।

ramu

उहाँले सर्वोउत्कृष्ठ संगित विधाबाट यो अवार्ड जित्नुभएको हो । लामो समयदेखि लोक तथा आधुनिक गितमा आफ्नो शब्द र संगीत दिएर चर्चा बटुल्न सफल खड्काले यसअघिपनि विभिन्न अवार्ड हात पारिसक्नुभएको छ ।

खड्काका कस्को सिन्दुर पर्ने हो तिम्रो सिन्दुर भरी, तिम्लाई पार्दिन रुन, खोली किनार, आज भन्दा भोलि माया, मत बगर लगायत कंयौं गितहरु चर्चामा छन् ।

अवार्ड जितिसकेपछि समुद्रपारीडटकम सँगको कुराकानीमा आफूलाई धेरै खुसी लागेको भन्दै अवार्ड जिताउन सहयोग गर्ने दर्शक स्रोता, आफन्त साथीभाईहरुलाई धन्यवाद दिन चाहेको प्रतिक्रया दिनुभयो ।

यो आवर्ड जितेपछि यस क्षेत्रमा अझै राम्रो गर्दे जाने उर्जा मिलेको पनि बताउनुभयो । संगितकार तथा गितकार रामु खड्कालाई समुद्रपारीडटकमको तर्फबाट पनि बधाई ।

तपाईको प्रतिक्रिया