Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – चिनियाँ प्रहरीले सिन्धुपाल्चोक, तातोपानीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन् । खासास्थित प्रहरीले सीमाका ४ सय पीडितलाई मितेरी पुलको ढोका खोली आफ्नै भूमिमा लगेर खाद्यान्न बाँडेका हुन् ।

बुधबार साँझ खासाको रमितेमा सामूहिक रुपमा खाद्यान्न बाँडेको पीडितले बताए । २ सय ५० बोरा चामल, १२ क्विन्टल नुन र ५० बोरा अन्य खाद्य सामग्री दिएका हुन् । बृद्धबृद्धालाई ४० थान न्याना लुगा र बालबालिकालाई १० थान स्टेसनरी सामग्रीसमेत सहयोग गरिएको पीडितले बताएका छन् ।

मितेरी पुल लामो सयमदेखि ठप्प छ । एक दिन खुलाएर खाद्यान्न सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया