टोकियो – गत आइतबार जापानमा निधन भएका शिवराज रोका मगरको दाह संस्कारको लागी आर्थिक सहयोग गर्न जापानवासी नेपालीमा संयुक्त अनुरोध गरिएको छ ।
गत आइतबार १८ सेप्टेम्बरमा असामाहिक निधन हुनु भएको रोल्पा मिरुल गाविस ३ सवरी स्थायी घर भई हाल टोक्यो फुकुसी दाइगाक्कोउमा अध्ययनरत स्वर्गीय शिवराज रोकामगर प्रति जापानवासी सम्पूर्ण नेपालीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै एन आर एन जापानको पहलकदमिमा मगर सङ्घ जापान, नेपाल जापान विद्यार्थी र राप्ती समाज जापानको समन्वयमा आर्थिक सङ्कलन तथा दाह संस्कार समिति तय गरेर उक्त अनुरोध गरिएको हो ।
यस अभियानमा साथ दिनु हुन नेपाली राजदूतावास जापान , जापानमा रहेका विभिन्न संघसंस्थाहरू, विभिन्न पार्टीका भातृ संघसंगठनहरू, विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा सम्पूर्ण जापानवासी नेपालिहरुमा यस आर्थिक सङ्कलन तथा दाह संस्कार समितिको तर्फबाट आफूले सक्दो सहयोगको लागी विनम्र अनुरोध पनि संस्थाहरूले गरेका छन् । सहयोग रकम मगर सङ्घ जापानको पोस्ट बैङ्कको खाता नम्बर 10090-07860931 मा जम्मा गर्न वा यस समितिलाई भेटेर सहयोग गर्न सकिने बताइएको छ ।