Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ताप्लेजुङको पाथीभरा क्षेत्रको केबुलकार निर्माणको विरोधमा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। जसलाई उपचारका लागि शुक्रबार राति नै विराटनगर पठाइएको थियो।

शनिबार साँझ आन्दोलनकारीहरूले हतियार राखेको आशंकामा प्रहरीले खोजी अभियान चलाउँदा झडप शुरु भएको हो। प्रहरीले सर्च अभियानमा अवरोध भएपछि चार राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार प्रहरीले खोजी क्रममा तीन थान खुकुरी र एक थान गुलेली बरामद गरेको छ। झडपमा केही आन्दोलनकारी पनि घाइते भएको पुष्टि भएको छ।

मुक्कुमुलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार प्रहरीको गोली लागेर एक आन्दोलनकारी घाइते भएका छन्। उनले भने, “प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि बलु डाँडामा भिडन्त भयो, जसका कारण कुम छेउमा एकजनालाई गोली लागेको छ।” तर, स्थानीय प्रशासनले गोली नचलेको दाबी गरेको छ। स्थानीयवासीले पाथीभरा क्षेत्रमा केबुलकार निर्माण रोक्नुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्। केबुलकार निर्माणको विषयमा स्थानीय र परियोजनाका पक्षधरबीच विवाद जारी छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया