Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

चितवन – नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन थालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

typhus_disease

नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस रोग चितवनमा देखिएकाले जिल्लामा मुसाको अध्ययन थालिएको हो । “पश्चिम चितवनका विभिन्न स्थानमा मुसाको अध्ययनका लागि मुसौरो राखेका छौं,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो, “ती मुसामा रोग सार्ने माइट जातको किरा समातेर परीक्षण गर्दै छौं ।”

मुसौरोमा पाँच–सातवटा मुसा परेको समेत उहाँले जानकारी दिनुभयो । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा रहेका विभिन्न सात घर तथा गोठमा रहेका मुसा नियन्त्रणमा लिएर शनिबारदेखि अध्ययन थालिएको हो । नियन्त्रणमा रहेका मुसाबाट माइट निकाल्ने र मुसोको चिरफार गरी नमुना सङ्कलन गरेर काठमाडौँ लैजाने लामिछानेले जानकारी दिनुभयो ।

मुसाको अध्ययनका लागि काठमाडौँबाट आठ जनाको विज्ञ तथा प्रविधिज्ञ टोली चितवन आएको छ । लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ ललन शाह र शिशिर पन्त, प्रविधिज्ञ प्रमोदकुमार मेहता, बुद्धि महर्जन, विजय रिमाल, आत्माराम कुर्मी, उत्तम प्याकुरेलको टोली मुसाको अध्ययनमा लागेको हो ।

चितवनको जनस्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख मधुसूदन कोइराला, किट नियन्त्रण निरीक्षक रामकुमार केसी, अनुप अधिकारी लगायतका प्रतिनिधि समेत अध्ययन टोलीमा सहभागी छन् ।

मुसामा लाग्ने किर्ना जातको किरा माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययन थालिएको हो, रोग सार्ने माध्यमको रुपमा मुसा नै मुख्य हो, मुसा आफैँ रोग सार्ने कारण नभए पनि रोग लगाउने एक प्रकारको किर्ना माइटलाई मुसाले पाल्न सहयोग गर्छ,” इपिडिमियोलोजी शाखाका प्रमुख गुणनिधि शर्माले भन्नुभयो ।

वैशाखयता जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किटनियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा दुईसय २२ जनामा सङ्क्रमण हुँदा चितवन मात्रै १८९ जनामा सङ्क्रमण भएकाले जिल्लामा प्रकोप बढ्दो छ । नेपालका ३२ जिल्लामा सङ्क्रमण देखिएको छ ।

उक्त रोगका कारण यो वर्ष चितवनमा दुई जनाको ज्यान गएको छ । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण ६ जनाको ज्यान गइसकेको छ । अघिल्लो वर्ष आठ जनाको मृत्यु भएको थियो । मुसामा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग लाग्छ । विशेष गरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्दा रोग सर्छ ।

तपाईको प्रतिक्रिया