मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

ramechhap

टोकियो – रामेछाप रामपुरका उत्तम श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न छ ।
आईतवार टोकियोमा विभिन्न पेशा, ब्यवसाय, अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछपेलीहरुको साझा संस्था रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

ramechhap 2

प्रथम अधिवेशनबाट उत्तम श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ भने सो अधिबेशनबाट उपाध्यक्षमा रिजन लामा, सोमबहादुर लामा, टासी लामा, मनोज थिङ, महासचिवमा शिक्षा शान्ती वाइबा, सचिवमा जानुका श्रेष्ठ र शशिकला मोक्तान, कोषाध्यक्षमा पूर्णसिङ लामा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा नबिन बस्नेत, तेज लामा, प्रकाश श्रेष्ठ, बिनुका खड्का, यज्ञ राज श्रेष्ठ र बालकृष्ण श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै संस्थाको संरक्षकमा सोम शेर्पा रहनु भएको छ भने सल्लाहकारहरुमा निकेश श्रेष्ठ, पशु बस्नेत, कर्मा लामा, सुरेन्द्र श्रेष्ठ, शान्त पहरी र चन्द्रमान लामा  रहनु भएका छन् ।

ramechhap 1
सो रामेछापेली कार्यक्रमले रामेछापको विकासमा सकिने सहयोग गर्ने र जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने समेत छलफल भएको छ । एनआरएनए जापानका सचिब बुद्दी राज घिमिरेको प्रमुख आतिथ्यतामा, जापानमा नेपालीहरुको अगुवा रामेछापेका सोनाम शेर्पाको विशेष आतिथ्यतामा सम्पन्न सो भेलामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष् तिलक मल्ल, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कृष्ण खडका ,तामान समाजका अध्यक्ष कर्मा वाला, जनजाति पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, गल्कोट समाजका अध्यक्ष् नरबहादुर थापा लगाएत विभिन्न संघसंस्थामा आबद्ध अग्रजहरुको आतिथ्यतामाअभिवेशन सम्पन्न भएको थियो । रामेछापबाट जापानमा आइ बसोबास गर्नेहरुको संख्या १५ सय रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया