Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल अहिले भइरहेको छ । नेदरल्यान्ड्सको एम्सटेभिलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

गत शनिवार भएको पहिलो खेलमा पराजित भएको नेपाल आज दोस्रो खेलमा विजयी हुँदै बदला लिने प्रयासमा हुनेछ । तर, नेदरल्यान्ड्सलाई उसैको मैदानमा पराजित गर्नु नेपालका लागि सहज भने देखिन्न । पहिलो खेलमा असफल भएका नेपाली ब्याट्सम्यानहरुले आज सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौँ स्थानमा रहेको छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंकमात्रै जोडेको छ ।

नेदरल्यान्ड्सविरुद्धको खेलपछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया