Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौँ – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ । Ratna shrestha

नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो । सांसद जोशीले विकासको सबै काम समुदायमा आधारित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासको जिम्मा समुदायले लिने हो भने त्यो विकास दीर्घकालीन हुनुका साथै प्रतिफल सकारात्मक हुन्छ ।’ राजदूत ओगावाले जापान सरकार नेपालको विकासमा सधैँ सहयोग गर्न तयार भएको बताउनुभयो ।

उहाँले जापानको सहयोगमा बनेको स्वास्थ्य भवनको उपयोगले जनतालाई उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गर्नुभयो । उक्त दुई कोठे भवन जापान सरकारको रु ९६ लाख ९० हजार ८९९ को सहयोगमा बनेको हो । भवनका साथै सो रकममा परिषद्ले डिजिटल एक्स–रे र अल्ट्रासाउन्ड, नाक, कान र घाँटीको उपचारमा प्रयोग हुने उपकरण पनि खरिद गरेको परिषद्का महासचिव मुकुन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

छत्तिस वर्ष पुरानो उक्त परिषद्बाट विभिन्न रोगका १८ जना विशेषज्ञबाट २० वटा रोगको परीक्षण हुने गरेको परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया