Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह थपिएपछि यस साताभर सेयर बजार सकारात्मक देखिएको छ । सातामा चार दिन मात्रै कारोबार भए पनि नेप्से करिब एक हजार ८८० अङ्क नजिक पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

share

साताको पहिलो दिन आइतबार सफ्टवेयरमा आएको समस्याले सेयर कारोबार नभए पनि अन्य चार दिनमा रु नौ अर्ब ५६ करोड १७ लाख २२० हजार ३४ को सेयर कारोबार भएको छ । कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार बजार सामान्य घटे पनि अन्य दिन भने उत्साहजनक वृद्धि देखिएको थियो । बिहीबार बजार ३.५२ अङ्कले घटेको भए पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा समेत बढी थियो ।

एक सय ४७ कम्पनीका एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर खरिद बिक्री भएको सो दिन रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार २४८ को कारोबार भएको थियो । सामान्य घटेकाले बजार यो साता एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको हो । बैंकिङ, होटल, विकास बैंकलगायतको सूचक घटेपछि बजार सामान्य रुपमा प्रभावित भएको थियो । बुधबार भने करिब १५ अङ्कले बजार उकालो लागेको थियो भने रु दुई अर्ब २६ करोड ६४ लाख ९४ हजार १६२ कारोबार भएको थियो ।

यस्तै मङ्गलबार सेयर बजारमा २८ अङ्कको वृद्धि भएको थियो । मङ्गलबार रु दुई अर्ब ७५ करोड कारोबार भएको थियो । यो दिन साताकै सबैभन्दा बढी रकमको कारोबार भएको थियो । सोमबार एकै दिन ४० अङ्कको वृद्धि भएको बजारमा रु दुई अर्ब २४ करोड कारोबार भएको थियो ।

सो दिन जलविद्युत्बाहेक अन्य सबै समूहको परिसूचक बढेका थिए । सातामा बैंक समूहको परिसूचक ४२.०९, होटल समूहको ४३.०३, विकास बैंकको ८१.८५, फाइनान्सको २०.९९ र बीमा समूहको ८३.९२ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको ३.२१ र अन्य समूहको सूचक ८.९७ अङ्कले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया