Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – प्रधानमन्त्रीका रूपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श थालेका छन् ।

तर माओवादीका केही नेताहरू र कार्यकर्ताहरू भने प्रधानमन्त्री नबन्दै राजनीतिक नियुक्तिका लागि सिफरिस गर्ने प्रचण्ड निवासमा लर्को लाग्ने गरेको छ । प्रचण्ड, नेताद्वय कृष्णबहादुर महराच र वर्षमान पुनसमक्ष राजनीतिक नियुक्तिका लागि सिफारिस लिएर जानेको ताँती लाग्न थालेको आजको अन्नपूर्णमा समाचार छ ।

आफ्नै पार्टीका नेताले आफू निकटका व्यक्तिलाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गर्न थालेको एक नेताले बताए । स्रोतका अनुसार बुधवार प्रवक्ता पम्फा भुसालले नेता हितमान शाक्यका ससुरा लोकबहादुर थापालाई राजनीतिक नियुक्तिका लागि सिफरिस गरेकी थिइन् ।

त्यस्तै मलेसियाका लागि पूर्वराजदूत ऋषि अधिकारीको नाम प्रचण्ड, महरा र पुनसमक्ष सिफारिस भएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया