Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024

काठमाडौँ – काँग्रेस–माओवादी केन्द्र गठबन्धनले चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन् ।

सिंहदरबारमा बुधवार बसेको गठबन्धनको बैठकले सरकार गठनलगत्तै एमाले र मधेस केन्द्रित दलहरूसँग छलफल गरेर निर्वाचन मिति तय गर्ने निर्णय आजको कान्तिपुर दैनिकमा खबर छ । काँग्रेस र माओवादी गठबन्धनबीच स्थानीय निकायको निर्वाचन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा र प्रदेश तथा संघीय संसदको निर्वाचन काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी सरकार बनाउने समझदारी यसअघि नै भइसकेको छ । prachanda-sherbahadur

दुई दलबीच सातबुँदेसँगै भएको तर सार्वजनिक नगरिएको पाँचबुँदे लिखित समझदारीमा चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी काँग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने विषय समेटिएका छन् । काँग्रेस नेता विमलेन्द्र निधिले लिखित रूपमै त्यस्तो सहमति भएको पुष्टि गर्दै त्यो अहिल्यै सार्वजनिक नगर्ने बताउनुभयो । त्यही सहमतिअनुसार स्थानीय निकायको निर्वाचन चैत मसान्तभित्रै गर्ने समझदारी दुई दलबीच भएको हो ।

केपी ओली नेतृत्वको सरकारले केही समयअघि मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने गरी तीन वटै निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको थियो । स्थानीय निकायको पुनर्संरचना गरेर मंसिरमै निर्वाचन गर्न असम्भव देखिएको जनाउँदै काँग्रेस र माओवादीले चैतमा निर्वाचन उपयुक्त हुने बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया