Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

नेपालगन्ज – राप्तीनदीले दुबैतर्फ घेरिएको बाँकेको होलिया गाविस चौफेरीका १ सय ५१ जनाको बुधबार उद्दार गरिएको छ । बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार बुधबार राप्तीनदीको बाढीमा फसेका १ सय ५१ जनाको उद्दार गरिएको छ ।

१ सय ४ जनालाई खडैचा र ४७ जनालाई गंगापुरमा राखिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो । गाउँबाट मंगलबार पनि ४ सय जनाको उद्दार गरिएको थियो । बाँकेमा राप्तीनदीको पानी खतराको संकेतभन्दा धेरैमाथी पुगेपछि विस्थापित भएका दुई हजार परिवार अझै घर फर्कन सकेका छैनन् ।

राप्तीनदीमा पानीको सतह विस्तारै कम हुँदै गएपनि खतरा टरिनसकेका कारण विस्थापित परिवार २४ घण्टासम्म पनि घरमा फर्कन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अधिकांश विस्थापित परिवार सार्वजनिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

बाढीबाट प्रहरी इकाई समेत प्रभावित भएका छन् । इलाका प्रहरी कार्यालय भगवानपुर बाढीपछि  मटैया–२ स्थित होमगार्ड भवनमा सरेको छ । गंगापुर चौकीमा पानी पसेपछि प्रहरीहरु छतमा बसेका छन् । प्रहरी चौकी फत्तेपुरमा पनि प्रहरीहरु छतमा बसिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निरन्तरको वर्षाले घर भत्किँदा बनकटुवा–२ पेडारीका ११ वर्षकी साधना चौधरी घाइते भएको प्रहरीले जनाएको चौधरीको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । मङ्गलबार पौडी खेल्नेक्रममा किरणनालामा डुबेर कोहलपुर–२ का १५ वर्षका आकाश खत्रीको निधन भएको प्रहरीले जनाएको छ । राप्तीनदीमा पानीको सतह खतराको संकेतभन्दा तल झरेको छ । कुसुममा पानीको सतह ५ दशमलव ४० मिटर पुगेमा खतरा मानिन्छ । बाढी प्रभावित होलिया लगायतका स्थानमा पुगेर प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ नेतृत्वको टोलीले पीडितको अवस्थाबारे जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया