Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नयाँ सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको सचिवालयको बुधबार अपरान्ह पार्टी मुख्यालयमा बसेको बैठकले सरकारलाई सकेसम्म सहमतीय स्वरुप प्रदान गर्ने र त्यसका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

55

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि साउन १० गते एक साताको समय दिनुभएको थियो । माओवादी केन्द्रले सहमतीय सरकार गठनका लागि प्रयास गर्ने निर्णय गरेपनि सरकार गठनमा उसलाई साथ दिन लागेको नेपाली काँग्रेसले नेकपा एमालेलाई प्रतिपक्षमा राख्नुपर्ने बताएको छ । भने एमाले स्वयंले पनि सरकारमा सहभागी नहुने स्पष्ट संकेत गरिसकेको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले राष्ट्रपतिले दिएको समय सीमा बाँकी रहेकाले सकेसम्म धेरै दलको सहमतिमा सरकार बनाउनका लागि प्रयास गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

माओवादी केन्द्रले देशका विभिन्न स्थानमा भएका बाढी पहिरो र डुबानका घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले पीडितहरुको राहत र उद्दारमा परिचालिन आफ्ना स्थानीय कमिटीहरुलाई निर्देशन समेत दिएको प्रवक्ता भुषालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया