Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – बाह्र लाख रुपैयाँ ठगेर फरार भएका ललितपुर इमाडोल–९ का ५४ वर्षका राजनकुमार केसीलाई इमाडोलबाटै बुधबार प्रहरीले पक्राउ गरेको छ । केसीले २०७१ साल कात्तिकमा काठमाडौं-३५ कोटेश्वरको १९४ कित्ता नम्बरको तीन रोपनी जग्गा किन्न बैना गरेको तर पैसा नपुगेको भन्दै अनिता बुढाथोकीलाई ठगेका थिए ।

उनले अनितालाई तपाईं पनि पैसा हाल्नुस् जग्गामा भन्दै १२ लाख लिएका थिए । अनिताले पछि जग्गा पनि नपाएको पैसा पनि नपाएको भन्दै प्रहरीमा उजुर गरेपछि केसीले देखाएको बैना कागज किर्ते भएको पुष्टी भएको थियो ।

किर्ते कागज गरी १२ लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालत काठमाडौंले केसी विरुद्ध  २०७२ साल माघ ३ गते ठगीको महल १ नम्बर अनुसार ६ महिना कैद र १२ लाख रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो । फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौं पेश गरेको हो ।

तपाईको प्रतिक्रिया