वासिंटन – अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी पत्नी हिलारी क्लिन्टनको प्रचार अभियानमा सक्रियता बढाउनुभएको छ ।
हिलारीका पतिसमेत रहेका पूर्वराष्ट्रपति क्लिन्टनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भन्नुभयो, ‘मेरो बेस्ट फ्रेन्ड अमेरिकाका लागि पनि बेस्ट नै हुनेछिन् ।’
सम्मेलनको दोस्रोदिन सम्बोधन गर्दै पूर्वराष्ट्रपति क्लिन्टनले हिलारीको प्रशंसा गर्नुभयो ।
उहाँले लामो दाम्पत्य जीवनमा आफूले हिलारीबाट धेरै उतारचढावमा साथ पाएको जिकिर गर्दै भन्नुभयो, ‘उनी मेरालागि मात्र नभई अमेरिकाका लागि पनि बेस्ट हुनेछिन् ।’ – एजेन्सी